ट्रेन्डिङ

Logout

संसदमा ढिलासुस्तीले राष्ट्रिय आकांक्षामा अवरोध पुग्छ

5.8k Shares

राष्ट्रपति रामचन्द्र पौडेलले संसदबाट आवश्यक ऐन तथा कानुन बनाउन ढिलाइ हुनुले देशको राष्ट्रिय आकांक्षा प्राप्तिमा बाधा पुर्‍याउने चेतावनी दिनुभएको छ।

संसदीय मामिला पत्रकार समाजमा आवद्ध पत्रकारहरूसँगको भेटमा बोल्दै उहाँले संसदमा उत्पन्न हुने डेडलकको अवस्था रोक्न आवश्यक संवाद, सहमति र सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभयो। उहाँले संसद जनमुखी बन्नु पर्ने र त्यसप्रति जनताको विश्वास कायम रहनु जरुरी रहेको धारणा व्यक्त गर्नुभयो।

राष्ट्रपतिले भन्नुभयो, “संसदीय गतिविधिमा अहोरात्र खटिनुभएका तपाईंहरूको भूमिका जनप्रतिनिधि, संसदीय संरचना र प्रक्रियालाई जनमुखी बनाउन प्रेरणादायी हुने अपेक्षा राखेको छु।”

नेपालमा प्रजातान्त्रिक अभ्यास अपेक्षाकृत कम भएको उल्लेख गर्दै राष्ट्रपति पौडेलले लोकतान्त्रिक प्रणाली नै जनताको हितमा आधारित उत्तम शासन व्यवस्था भएको स्पष्ट पार्नुभयो।

संसद जनताको आवाज अभिव्यक्त गर्ने थलो भएको भन्दै उहाँले संसद र यसको समितिहरू मार्फत आवश्यक कानुन निर्माण तथा जनताको मुद्दा सम्बोधन हुने व्यवस्था गरिनु पर्नेमा जोड दिनुभयो। साथै, उहाँले पत्रकारहरूलाई संसद र जनप्रतिनिधिको कामबारे सूचनाको सम्प्रेषण र खबरदारी गर्ने जिम्मेवारी अझ जिम्मेवारपूर्वक निर्वाह गर्न आह्वान गर्नुभयो।

 
 
फेसबुकबाट तपाईको प्रतिक्रिया
ताजा अपडेट
सम्बन्धित समाचार