ट्रेन्डिङ

Logout

सर्लाहीमा डोजरले खनेको खाल्डोमा डुबेर बालकको मृत्यु

4.5k Shares

सर्लाही जिल्लाको हरिपुर नगरपालिका–१, जानकीनगर टोलमा डोजरले सडक निर्माणका लागि खनेको खाल्डोमा जमेको पानीमा डुबेर एक ६ वर्षीय बालकको ज्यान गएको छ।

मृतक बालक स्थानीय दिनेश यादवका छोरा सुशान्त यादव रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

प्रहरीका अनुसार मंगलबार बिहान १० बजेतिर खेल्दै गर्दा बालक बेपत्ता भएका थिए। परिवार र स्थानीयले खोजतलास गर्दै जाँदा राति करिब ११ बजेको समयमा घरदेखि करिब पाँच सय मिटर दक्षिणपूर्व रहेको खाल्डोमा मृत अवस्थामा फेला परेका हुन्।

प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
ताजा अपडेट
सम्बन्धित समाचार