ट्रेन्डिङ

Logout

सुदूरपश्चिम विश्वविद्यालयको आगामी वर्षका लागि १ अर्ब ५४ करोडको बजेट स्वीकृत

5.6k Shares

सुदूरपश्चिम विश्वविद्यालयको १३औँ साधारणसभा बैठकले आगामी आर्थिक वर्षका लागि १ अर्ब ५४ करोड रुपैयाँको अनुमानित बजेट स्वीकृत गरेको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकमा रजिष्ट्रार प्राडा विनोद लेखकद्वारा प्रस्तुत बजेट र कार्यक्रम संशोधनसहित स्वीकृत गरिएको हो।

बैठकमा कुलपति ओलीले विश्वविद्यालयको आर्थिक अनुशासन र स्थायित्वमा जोड दिँदै, बजेट यथार्थ चित्रमा आधारित भएर तयार गर्न निर्देशन दिएका थिए।

उनले बजेट निर्माण गर्दा कार्यान्वयन गर्न सकिने व्यावहारिक योजना तयार पार्न आग्रह गर्दै विश्वविद्यालयको समुचित विकासका लागि सबै निकायले जिम्मेवारीपूर्वक काम गर्नुपर्ने धारणा राखे।

फेसबुकबाट तपाईको प्रतिक्रिया
ताजा अपडेट
सम्बन्धित समाचार