6k
Shares
नेकपा एमालेका सांसद किरणकुमार साहले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तालाई बर्खास्त गरी निष्पक्ष छानबिन गर्न माग गरेका छन्।
सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद साहले घुससम्बन्धी अडियो सार्वजनिक भइसकेको अवस्थामा समेत सरकारले मौनता साँधेकोप्रति आपत्ति जनाए।
उनले भने, “सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताजीले घुस डिल गरेको अडियो सार्वजनिक भइसकेको छ। दुनियाँले सुनेको कुरा सरकारले नसुनेको जस्तो गर्नु लोकतन्त्रको अपमान हो। म यो सदनमार्फत माग गर्दछु— गुप्ताजीलाई बर्खास्त गरियोस् र निष्पक्ष छानबिन होस्।”
साहको भनाइमा, सरकारको मौनता घुसजस्ता गम्भीर विषयमा लापरबाही र उत्तरदायित्वविहीनता दर्शाउने संकेत हो।