Logout

प्रतिनिधि सभाको बैठक आज बस्दै, अवरोध बारे सहमतिको प्रयास जारी

प्रतिनिधि सभाको बैठक आज बस्दै, अवरोध बारे सहमतिको प्रयास जारी

काठमाडौँ । प्रतिनिधि सभाको बैठक आज बस्दै छ । संघीय संसद सचिवालयका अनुसार बैठक आज अपरान्ह २ बजेदेखि बस्दैछ ।

यसअघि आइतबार बसेको बैठक शुरु हुनासाथ विपक्षी दलहरुले अवरोध गरेपछि सभामुख देवराज घिमिरेले आज अपराहन्न २ बजेसम्मका लागि स्थगित गरेका थिए ।

सभामुखले हाल जारी सत्ता पक्ष र विपक्षी दलहरुबीच सहमति हुन लागेको आफुले बुझेको भन्दै सोमबार सम्मका लागि संसद स्थगित गरेका हुन् ।

जेठ १३ गतेदेखि भिजिट भिसा प्रकरणमा विपक्षी दलहरुले रमेश लेखकको राजीनामा र छानबिनको माग गर्दै संसद अवरुद्ध गर्दै आएका छन् ।

संघीय संसद सचिवालयले आज बजेटमाथि छलफलको कार्यसूची तय गरेको छ । 

ताजा अपडेट

जनमत (Public Poll)

Live
वर्तमान सरकारले जनताको अपेक्षाअनुसार काम गरिरहेको छ?
पूर्ण रूपमा गरिरहेको छ 0% (0)
केही हदसम्म गरिरहेको छ 0% (0)
अपेक्षाभन्दा कमजोर छ 100% (1)
बिल्कुलै गरिरहेको छैन 0% (0)
अहिले नै मूल्यांकन गर्न सकिँदैन 0% (0)
जम्मा मत: 1
ट्रेन्डिङ