6.3k
Shares
जनकपुरधाम। भारतको कश्मीरस्थित पहलगाममा भएको आतंकवादी आक्रमणमा नेपाली नागरिक सुदिप न्यौपानेको हत्या भएको विरोधमा जनकपुरमा प्रदर्शन भएको छ।
स्वतन्त्र युवाहरूको समूहले सुदिपलाई न्यायको माग गर्दै जनकपुरधामको विद्यापति चोकबाट सुरु गरेको विरोध र्यालीले नगरका विभिन्न भागको परिक्रमा गरेको थियो। प्रदर्शनकारीहरूले “पाकिस्तान मुर्दाबाद”, “सुदिपलाई न्याय दे”, “आतंकवादको अन्त गर” जस्ता नारा लगाए।

पहलगामको आतंकवादी हमलामा पाकिस्तान समर्थित समूहको संलग्नता रहेको विश्वव्यापी आरोपका बीच जनकपुरका युवाहरूले पनि प्रदर्शन गरेका हुन्। उनीहरूले पाकिस्तानको झण्डा जलाएका थिए भने पाकिस्तानी सेना प्रमुख असीम मुनीरको पुत्ला दहन गरे।

प्रदर्शनकारीहरूले केही समय विद्यापति चोकमा चक्काजाम पनि गरेका थिए, जसले आन्दोलनको तीव्रता झल्काएको थियो।