7.2k
Shares
काठमाडौँ । काठमाडौँको राष्ट्रिय सभागृह परिसर जलमग्न भएको छ । सभागृह परिसरमा जम्मा भएको पानी पम्पसेट लगाएर तानेर फालिएको छ ।
काठमाडौँमा मध्यम खालको वर्षा हुँदा पनि सभागृह जलमग्न हुने गरेको छ । पानीको उचित निकास नहुँदा पानी जम्मा भएर कोठाभित्रै छिर्ने गरेको छ ।
राष्ट्रिय सभागृह काठमाडौँ महानगर मातहत छ । यहाँ महानगर प्रमुख बालेन शाह र उपप्रमुख सुनिता डङ्गोलका कार्यकक्ष तथा महानगरपालिकाका केही शाखाहरू छन् ।महानगरले नगर सभा लगायत विभिन्न कार्यक्रम यहीँ गर्ने गरेको छ ।