ट्रेन्डिङ

Logout

सर्लाहीका ९१ निजी वनमा २६ प्रजातिका बोटबिरुवा

7.8k Shares

सर्लाही, २४ जेठ : सर्लाहीमा ३६ वर्षको अवधिमा दर्ता भएका ९१ वटा निजी वनमा २६ प्रजातिका बोटबिरुवा हुर्किरहेका पाइएको छ । 

जिल्ला डिभिजन वन कार्यालयका अनुसार सिसौ, मसला, खयर, टिक, सिमल, कटहर, कपोक, डालेघाँस, आँप, तिल्के, सिरिष, टिकुल, जामुन, पिठारी, बकाइनो, सतिसाल, असना, कर्मा, पौलोनियाँ, कपुर, खमारी र अर्जुनालगायतका २६ प्रजातिका बोटबिरुवा हुर्काएको हो । 

पुस ११ गतेदेखि हालसम्म जिल्लामा ९१ वटा निजी वन दर्ता भएका उक्त कार्यालय सर्लाहीका सूचना अधिकारी राकेश रन्जनले जानकारी दिनुभयो । जिल्लामा दर्ता भएका निजी वनको नियमित व्यवस्थापन नभएको अनुगमनका क्रममा आफूहरूले पाएको जानकारी दिँदै उहाँले विस्तृत नाप जाँचपछि बोटबिरुवाको लगत अद्यावधिक गर्न सम्बन्धित व्यक्तिलाई निर्देशन दिएको बताउनुभयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार