Logout

रुकुम पश्चिममा दश हजार बालबालिकालाई पोलियोविरुद्धको खोप लगाइँदै

रुकुम पश्चिममा दश हजार बालबालिकालाई पोलियोविरुद्धको खोप लगाइँदै

त्रिवेणी(रुकुम पश्चिम), ८ जेठ : रुकुम पश्चिममा करिब १० हजार बालबालिकालाई पोलियो रोगविरुद्धको आइपिभि खोप लगाउने गरी अभियान सञ्चालन हुँदैछ ।  यही जेठ १३ गतेदेखि २६ गतेसम्म जिल्लाभरमा खोप अभियान सञ्चालन हुने स्वास्थ्य सेवा कार्यालयले जनाएको छ ।

कार्यालयका सूचना अधिकारी कालिबहादुर ओलीले जिल्लाभरका करिब १० हजार बालबालिकालाई खोप लगाउने लक्ष्यसहित दुई चरणमा खोप अभियान सञ्चालन हुने जानकारी दिनुभयो ।  पहिलो चरणमा यही जेठ १३ गते देखि १८ गतेसम्म चौरजहारी नगरपालिका र त्रिवेणी, बाँफीकोट र सानीभेरी गाउँपालिका तथा मुसीको र आठबीसकोट नगरपालिकासहित पाँच पालिकामा जेठ २० गते देखि २६ गतेसम्म एकैसाथ खोप अभियान सञ्चालन हुने उहाँले बताउनुभयो । 

विसं २०७३ वैशाखदेखि २०७५ असोजसम्म जन्मिएका बालबालिकालाई खोप लगाउन दुई सय ९३ खोप केन्द्र तोकिएका छन् । अभियानमा दुई सय ७८ खोप कार्यकर्ता र चार सय महिला स्वास्थ्य स्वयम्सेविका परिचालन गरिने छन् ।

ताजा अपडेट

जनमत (Public Poll)

Live
वर्तमान सरकारले जनताको अपेक्षाअनुसार काम गरिरहेको छ?
पूर्ण रूपमा गरिरहेको छ 0% (0)
केही हदसम्म गरिरहेको छ 0% (0)
अपेक्षाभन्दा कमजोर छ 100% (1)
बिल्कुलै गरिरहेको छैन 0% (0)
अहिले नै मूल्यांकन गर्न सकिँदैन 0% (0)
जम्मा मत: 1
ट्रेन्डिङ