काठमाडौँ, २३ चैतः प्रतिनिधिसभाअन्तर्गतको कानुन, न्याय तथा मानवअधिकार समितिमा ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक’माथि आज पाँच मन्त्रालयसँग सम्बन्धित विषयमा दफावार छलफल भएको छ ।
उक्त ऐन संशोधनका क्रममा गृह, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, खानेपानी मन्त्रालय, वन तथा वातावरण मन्त्रालयसँग सम्बन्धित विषयमा छलफल भएको हो ।
दफावार छलफलका क्रममा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठ, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत, वन तथा वातावरणमन्त्री नवलकिशोर साह सुडीले समितिमा उपस्थित भई आफ्नो मन्त्रालयसँग सम्बन्धित विषयमा उठेका सवालबारे धारणा राख्नुभयो ।
समितिका सदस्यहरुले राखेका संशोधन र थप गर्नुपर्ने तथा सुधार गरेर जानुपर्ने विषयमा कुरा राख्नुभएको थियो ।
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक एक हप्ताभित्रमा टुङ्गोमा पु¥याउनुपर्ने यसअघि नै बताइसक्नुभएको छ । मन्त्री गिरी समितिको बैठकमा नियमित सहभागी हुनुहुन्छ । उक्त विधेयक विभिन्न ७९ वटा कानुनलाई संशोधन गर्न ल्याएको एकीकृत विधेयक हो ।
पाँच मन्त्रालयसँग सम्बन्धित विषयमा छलफल
8.7k
Shares
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ
१.
नेप्सेको नयाँ प्रमुख कार्यकारी अधिकृतमा प्रताप सुवेदी नियुक्त
२.
कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बस्दै
३.
साइबर ब्युरोले बोलाए कांग्रेस सहमहामन्त्री शिवाकोटीलाई, काठमाडौं फर्किँदै
४.
मध्यावधि निर्वाचनमा रिपब्लिकनको हारपछि ट्रम्पमाथि महाभियोगको दबाब, के पद गुम्ला?
५.
आईजीपी नियुक्तिमा बिचौलियाको भूमिका खोज्दै हर्क साम्पाङ, सरकारसँग मागे जवाफ
६.




