Live ताजा अपडेट

Logout

ब्राजिलमा बस दुर्घटना: चार जनाको मृत्यु

ब्राजिलमा बस दुर्घटना: चार जनाको मृत्यु

ब्रासिलिया: ब्राजिलको उत्तरपूर्वी पेर्नाम्बुको राज्यमा इस्टर आइतबारको समारोहमा बस ठोक्किएर भएको दुर्घटनामा कम्तिमा चार जनाको मृत्यु भएको राज्य गभर्नरले बताएका छन् । 

गभर्नर राकेल लिराले इन्स्टाग्राम पोस्ट मार्फत जबोआटाओमा जुलुसमा कम्तीमा चार जनाको मृत्यु उल्लेख गर्दै पीडितका परिवारप्रति समवेदना व्यक्त गरेका छन्।

घटनामा करिब २० जना घाइते भएको स्थानीय मिडियाले आपतकालीन उद्धारकर्तालाई उद्धृत गर्दै जनाएका छन् । जबोआटाओका मेयर मानो मेडिरोसले सामाजिक सञ्जाल एक्स मार्फत गम्भीर दुर्घटनाको कारण बारे स्पष्ट भइनसकेको बताए ।

सामाजिक सञ्जाल तथा स्थानीय सञ्चारमाध्यममा सम्प्रेषण भएको दुर्घटनाको भिडियोमा ठाडो उकालो सडकबाट बस एकाएक तल जुलुसमा सहभागी भएका मानिसहरूको भिडमा बजारिएको देखिएको छ ।

बस चालक घटनास्थलबाट भागेको स्थानीय मिडियाले जनाएका छन् ।

ताजा अपडेट

जनमत (Public Poll)

Live
वर्तमान सरकारले जनताको अपेक्षाअनुसार काम गरिरहेको छ?
पूर्ण रूपमा गरिरहेको छ 0% (0)
केही हदसम्म गरिरहेको छ 0% (0)
अपेक्षाभन्दा कमजोर छ 100% (1)
बिल्कुलै गरिरहेको छैन 0% (0)
अहिले नै मूल्यांकन गर्न सकिँदैन 0% (0)
जम्मा मत: 1
ट्रेन्डिङ