ट्रेन्डिङ

Logout

धरानमा एमाले बैठकमा झडप, ईश्वर पोखरेल समूहका अनिल राजधामी घाइते

3.5k Shares

धरानमा बसेको एमालेको ११औं राष्ट्रिय महाधिवेशन तयारी बैठकमा दुई गुटबीच कुटाकुट भएको छ।

नगर पार्टी कार्यालयमा चलिरहेको छलफलको बीचमै विवाद चर्किँदा ईश्वर पोखरेल समूहका नेता अनिल राजधामी कुटिनु परेको सहभागीहरूले बताएका छन्।

बिहीबार दिउँसो युवा प्रतिनिधि छनोट प्रक्रियाबारे सहमति गर्ने कि निर्वाचनमा जाने भन्ने विषयमा छलफल जारी थियो।

तर, सो विषयमा उत्पन्न मतभेद क्रमशः झडपमा परिणत भएको प्रत्यक्षदर्शीहरूले बताए। उनीहरूका अनुसार विवाद बढेपछि राजधामीलाई पार्टी कार्यालयबाट तानेर नेपाल बैंक छाता चोकतर्फ लैजाई कुटपिट गरिएको हो।

राजधामी युवा प्रतिनिधिका लागि प्रतिनिधिसभा क्षेत्र नं. १ बाट उम्मेदवार बनेका थिए। उनले उम्मेदवारी फिर्ता गर्न अस्वीकार गरेपछि संस्थापन पक्षका कार्यकर्ताले कुटपिट गरेको आरोप लागेको छ।

घाइते राजधामीलाई तत्कालै विजयपुर अस्पताल पुर्‍याइएको थियो, जहाँ सामान्य उपचारपछि उनलाई घर पठाइएको छ। घटनाबारे एमाले नेतृत्वले अहिलेसम्म कुनै औपचारिक प्रतिक्रिया दिएको छैन।

 
 
फेसबुकबाट तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार