4k
Shares
नेपाली बजारमा सोमबार सुनको मूल्य १९०० रुपैयाँले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा २ लाख ४४ हजार ६०० रुपैयाँमा कारोबार भएको प्रतितोला सुनको मूल्य सोमबार घटेर २ लाख ४२ हजार ७०० रुपैयाँमा आएको छ।
त्यसैगरी, चाँदीको मूल्य पनि कम भएको छ। आइतबार तोलामा ३ हजार १३५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार घटेर ३ हजार ११५ रुपैयाँमा पुगेको महासंघले जनाएको छ।