ट्रेन्डिङ

Logout

दुर्गा प्रसाईंका सुरक्षा गार्ड दीपक खड्का अभद्र व्यवहारमा थुनामा

4.5k Shares

मेडिकल व्यवसायी दुर्गा प्रसाईंका निजी सुरक्षागार्ड दीपक खड्का अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ।

पक्राउपछि उनलाई थुनामा राखेर प्रहरीले आवश्यक अनुसन्धान अघि बढाइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवनकुमार भट्टराईले जानकारी दिए।

मंगलबार प्रसाईंलाई भेट्न पुगेका खड्कासहित ९ जनालाई प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरेको थियो। सो समूहमध्ये अन्य ८ जनालाई भने रिहा गरिएको छ,

तर खड्काविरुद्ध अभद्र व्यवहारसम्बन्धी मुद्दा दर्ता गरी म्याद थपेर अनुसन्धान जारी राखिएको प्रहरीले जनाएको छ।

दुर्गा प्रसाईंलाई पनि प्रहरीले सोमबार राति सार्वजनिक शान्तिमा खलल पुर्‍याएको आरोपमा पक्राउ गरेको थियो। उनीमाथि ४ दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्ने अनुमति अदालतले दिएको छ।

यही प्रक्रिया चलिरहेका बेला सुरक्षागार्ड खड्कालाई समेत अभद्र व्यवहार आरोपमा पक्राउ गरिएको हो।

यसैबीच, प्रसाईं नेतृत्वको ‘नागरिक बचाउ महाअभियान’ले मंसिर ७ गतेदेखि देशव्यापी आन्दोलन घोषणा गरेको अवस्थामा, आन्दोलन सुरु हुनुअघि नै प्रसाईं पक्राउ परेका हुन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार