4.1k
Shares
नेपाली बजारमा आज सुन–चाँदी दुबैको मूल्यले नयाँ ऐतिहासिक रेकर्ड कायम गरेको छ।
आज सोमबार नेपाली बजारमा सुन–चाँदी दुबैको मूल्यले नयाँ रेकर्ड तोडेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन तोलामा २ हजार ४ सय रुपैयाँले बढ्दै २ लाख ४० हजार ४ सय रुपैयाँ पुगेको छ। हिजो आइतबार सुनको मूल्य २ लाख ३८ हजार रुपैयाँ थियो।
त्यस्तै, चाँदीको मूल्य पनि तोलामा ९५ रुपैयाँले बढेर ३ हजार २२० रुपैयाँ पुगेको छ। हिजो आइतबार चाँदीको मूल्य ३ हजार १२५ रुपैयाँ मात्र थियो।