ट्रेन्डिङ

Logout

१५ औँ वार्षिक माँ काली पूजा महोत्तरी पिपरा गा.पा. वडा नं. १ एकरहियामा भव्य रूपमा आयोजना हुँदै

27.7k Shares

महोत्तरी जिल्लाको पिपरा गा.पा.वडा १ एकरहियामा यसवर्ष पनि भव्य रुपमा १५औँ वार्षिक माँ काली पुजा आयोजना  गरिदैछ।   


स्थानीयहरूले निरन्तर १५ वर्षदेखि श्रद्धा र एकताको प्रतीकका रूपमा मनाउँदै आएको यो पूजालाई यस वर्ष अझ भव्य रूपमा सम्पन्न गर्ने तयारी भइरहेको आयोजक समिति को सचिव गाैतम  झा  ले जानकारी दिनु भएको हो ।

WhatsApp Image 2025-10-12 at 1.43.44 pm.jpeg

आमन्त्रण पत्रअनुसार, शुभारम्भ २०८२ साल कार्तिक ३ गते बिहान ८ बजे कलश शोभा यात्राबाट हुनेछ। सो दिन साँझमा मुख्य अनुष्ठान  माँ कालीको आराधना, मन्त्रोच्चारण र भक्तिपूर्ण पूजा सम्पन्न गरिनेछ।

कार्तिक ४ गते बिहान ७ बजे बलि प्रदान, र त्यसपछि बिहान ९ बजे खोइंचा भराई कार्यक्रम हुनेछ।
त्यसै दिन दिउँसो २ बजे स्वागत तथा सम्मान कार्यक्रम र बेलुकीदेखि सांस्कृतिक कार्यक्रम सञ्चालन हुने जनाइएको छ।

कार्यक्रमको समापन तथा विशर्जन कार्तिक ७ गते गरिनेछ।


आयोजक माँ काली पूजा समिति, एकहरिया र सम्पूर्ण गाउँवासीहरूले यस शुभ अवसरमा सम्पूर्ण श्रद्धालु भक्तजन, अतिथि तथा समाजसेवीहरूलाई उपस्थित भई कार्यक्रमको शोभा बढाइदिन हार्दिक निमन्त्रणा गरनुभएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार