3.9k
Shares
प्रधानमन्त्री सुशीला कार्कीले वरिष्ठ नेत्र रोग चिकित्सक डा. सन्दुक रुइतसँग मंगलबार तिलगंगा आँखा प्रतिष्ठानमा भेटघाट गरी आफ्नो नेतृत्वको सरकारमा सहभागी हुने विषयमा छलफल गरेकी छन्।
प्रधानमन्त्री कार्कीले विशेष परिस्थितिमा सरकारको नेतृत्व गर्नुपरेकोले सहयोग गर्न आग्रह गरेकी थिइन्। तर डा. रुइतले सरकारलाई सहयोग गर्ने तर क्याबिनेटमा सहभागी हुन नसक्ने जवाफ दिएका छन्।
छलफलमा डा. रुइतले अस्पतालको काम र बिरामी छोड्न नसक्ने उल्लेख गर्दै, “यहाँ छोडेर आउँ? यत्रो काम छ, बिरामीलाई छाडेर आउँदैन” भनेका छन्। जेनजी आन्दोलनपछि बनेको अन्तरिम सरकारमा मन्त्री बन्ने चर्चा भए पनि उनी चिकित्सकीय पेसामार्फत नागरिक सेवामा तल्लिन हुने बताएका छन्।