4.4k
Shares
अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्ति सम्बन्धी छलफल राष्ट्रपति निवासमा आज बिहान ९ बजे तय भए पनि केही घण्टाका लागि सारिएको छ।
स्रोतका अनुसार वार्तामा संलग्न पक्षहरुले आ–आफ्नो पक्षभित्र आन्तरिक परामर्श आवश्यक देखिएको कारण समय सारिएको हो।
राष्ट्रपति रामचन्द्र पौडेलले गएराति अबेरसम्म विभिन्न पक्षसँग भेटवार्ता गरेका थिए। दलहरुले संसद विघटन नगरी प्रधानमन्त्री चयन गर्नुपर्ने धारणा राखेका छन् भने आन्दोलनरत जेनजी पक्ष संसद विघटनको पक्षमा उभिएको छ।
संविधानअनुसार संसद सदस्य नभएको व्यक्ति प्रधानमन्त्री बन्न नपाउने व्यवस्था रहे पनि आन्दोलनरत पक्ष र दलहरुले पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम प्रधानमन्त्री बनाउन प्रारम्भिक सहमति गरेका छन्। तर, संसदले अनुमोदन गर्ने प्रक्रियामा अझै सहमति जुट्न सकेको छैन।