4.8k
Shares
मंगलबार दनदनी बलिरहेको आगो निभाउन दमकल नआए पनि आज बिहान काठमाडौं महानगरपालिकाको दमकलले सर्वोच्च अदालतमा लागेको बाँकी आगो निभाएको छ।
जेनजी प्रदर्शनको क्रममा युवाहरूको एक समूहले आगो लगाउँदा सर्वोच्च अदालत पूर्णरूपमा जलेर ध्वस्त भएको छ। मिसिल, सर्भर, इजलाससहितका सम्पूर्ण सामग्री नष्ट भएपछि सर्वोच्च अदालतले पेसीमा रहेका मुद्दाहरूको सुनुवाइ अनिश्चितकालका लागि स्थगित गरेको छ।
काठमाडौं र हेटौंडास्थित डाटा सेन्टरमा एकसाथ आक्रमण भएपछि मुलुकको न्याय प्रणालीमा ठूलो धक्का पुगेको छ।