ट्रेन्डिङ

Logout

सरकारी दमनविरुद्ध देशव्यापी प्रदर्शन, नेता निवासदेखि कार्यालयसम्म तोडफोड र आगजनी

4k Shares

सरकारको दमनमा १९ जनाको ज्यान गएपछि देशभर विरोध प्रदर्शन चर्किएको छ । आन्दोलनकारीले राजधानीदेखि जिल्लासम्म चोक–चोकमा टायर बाल्दै नाराबाजी गरेका छन् । सरकारी कार्यालय र नेताहरूको निवास आन्दोलनकारीको मुख्य निसाना बनेका छन् ।

मंगलबार बिहान सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङको ललितपुर, सुनाकोठीस्थित घरमा आगजनी गरिएको छ । त्यस्तै, माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को खुमलटारस्थित निवासमा तोडफोड गरिएको छ भने उनको घर अगाडिको प्रहरी बिटमा समेत आगजनी भएको छ ।

रौतहटको चन्द्रपुर नगरपालिकामा पनि आगजनी भएको छ । यसअघि सोमबार सुनसरीको इटहरी नगरपालिकामा पनि आन्दोलनकारीले आगजनी गरेका थिए ।

काठमाडौं, भक्तपुर, ललितपुरसहित विभिन्न जिल्लामा कर्फ्यू तोड्दै आन्दोलनकारी सडकमा उत्रिएका छन् । उनीहरूले चोक–चोकमा टायर बालेर सरकारविरुद्ध विरोध जनाइरहेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार