ट्रेन्डिङ

Logout

काठमाडौँमा अनिश्चितकालीन कर्फयु आदेश, कहाँ–कहाँ लाग्छ ?

5.5k Shares

काठमाडौँमा बिहान ८ः३० बजेबाट अनिश्चितकालीन कर्फ्यु लाग्ने भएको छ । अर्को आदेश नभएसम्म स्थानीय प्रशासन ऐन बमोजिम काठमाडौँ महानगरपालिकाभित्रका विभिन्न क्षेत्रमा लागू हुने गरी कर्फ्यु आदेश जारी गरिएको हो।

सो सिमाना भित्र कसैले आवत जावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउने गरी जारी आदेशमा उल्लेख छ । 
काठमाडौँ महानगरपालिका चक्रपथ क्षेत्रभित्र बालकुमारी पुलदेखि कोटेश्वर चोक, सिनामंगल, गौशाला, चाबहिल, नारायणगोपाल चोक, गोङ्गबु, बालाजु, स्वयंम्भु, कलंकी, बल्खु हुँदै बागमती नदी पुलसम्मको चक्रपथ भित्रको सम्पूर्ण भूभागमा कर्फ्यु आदेश लागु हुनेछ ।

कफ्युको आदेश अवधिभर अत्यावश्यक सेवाका सवारी साधनहरू, एम्बुलेन्स, दमकल, शव वाहन, स्वास्थ्यकर्मीका सवारी साधनहरू, सञ्चारकर्मीहरू, पर्यटक सवारी साधनहरू, मानव अधिकार तथा कूटनीतिक नियोगका सवारी साधनहरू र हवाई टिकटको आधारमा हवाई यात्रुहरूको आवागमनमा सुरक्षाकर्मीहरूको सहजीकरण हुने प्रमुख जिल्ला अधिकारी छविलाल रिजालद्वारा हस्ताक्षरित सूचनामा उल्लेख छ ।

carfu.jpg

फेसबुकबाट तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार