5.4k
Shares
काठमाडौंको बौद्धस्थित बाहुनाधारामा मोटरसाइकलमा सवार एक युवकमाथि अन्धाधुन्ध खुकुरी प्रहार गर्ने समूहका तीन जनालाई भारतमा पक्राउ गरी काठमाडौं ल्याइएको छ।
स्रोतका अनुसार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले दिल्ली प्रहरीको सहयोगमा उनीहरुलाई पक्राउ गरेर काठमाडौं ल्याएको हो।
१२ साउनको राति करिब ९ बजे नयाँबस्तीस्थित डी क्याफेमा खाजा खाएर बाहिर निस्कँदै गर्दा मोटरसाइकलमा सवार जितबहादुर मोक्तानमाथि चार जनाको समूहले खुकुरी प्रहार गरेका थिए। घटनामा मोक्तानको हात, ढाड र पेटमा गम्भीर चोट लागेको थियो।
काभ्रेको रोशी गाउँपालिका–१० घर भएका मोक्तान हाल उपचाररत छन्। उक्त घटनामा संलग्न तीन जनालाई दिल्लीबाट पक्राउ गरी काठमाडौं ल्याइएको अनलाइन स्रोतले जनाएको छ।