4.9k
Shares
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपालमा दर्ता सूचीकरण नभएका फेसबुकसहितका सामाजिक सञ्जाल आजैबाट बन्द गर्ने निर्णय गरेको छ। मन्त्रालयमा आज मन्त्री पृथ्वीसुब्बा गुरुङसहित बसेको बैठकले यो निर्णय गरेको हो।
२०८२ भदौ ९ गते बसेको मन्त्रिपरिषद् बैठकले नेपालमा सञ्चालन भइरहेका सामाजिक सञ्जाललाई एक साताभित्र सूचीकरण गर्न निर्देशन दिएको थियो। त्यस निर्देशनलाई बेवास्ता गरेपछि मन्त्रालयले आजदेखि सूचीकरण नभएका सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको हो।
मन्त्रालय स्रोतका अनुसार, “सूचीकरण नभएका सामाजिक सञ्जालहरू आजबाट क्रमशः बन्द हुने निर्णय लागू हुनेछ।”
यो निर्णय कार्यान्वयनका लागि मन्त्रालयले नेपाल दूरसञ्चार प्राधिकरणलाई जानकारी पठाइसकेको छ।