4.1k
Shares
काठमाडौंको पुतलीसडकमा माइक्रो बसले ठक्कर दिँदा एक बालिकाको ज्यान गएको छ। पद्मोदय मोडबाट पुतलीसडकतर्फ गइरहेको माइक्रो बसले पैदल हिँडिरहेकी बालिकालाई केहीबेर अघि ठक्कर दिएको हो।
ठक्करबाट पाँच वर्षीया आशिका तामाङ घाइते भएकी थिइन्। उनलाई तत्कालै अस्पताल पुर्याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।
दुर्घटनापछि पुतलीसडक क्षेत्रमा केही समय ट्राफिक जाम भएको थियो। घटनाबारे थप विवरण आउन बाँकी छ।