4.3k
Shares
डडेल्धुरामा जिप दुर्घटना हुँदा चार जनाको ज्यान गएको छ। बिहीबार बिहान नवदुर्गा गाउँपालिका–५, चौडको कच्ची सडक खण्डमा से १ ज ७३८ नम्बरको जिप दुर्घटना हुँदा घटनास्थलमै चार जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।
निमित्त प्रमुख प्रहरी निरीक्षक डम्बर विष्टका अनुसार ठाडा बजारबाट सदरमुकामतर्फ जाँदै गरेको जिप सडकबाट करिब पाँच सय मिटर तल जंगलमा खसेको हो। घटनास्थलमा हालसम्म चार जनाको शव भेटिएको र सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ।
दुर्घटनाको कारण खुल्न बाँकी रहेको र घटनास्थलमा प्रहरी टोली परिचालित भएको छ। दुर्घटनामा कम्तीमा पनि चार जना घाइते भएको अनुमान गरिएको छ। उनीहरुको उद्धार कार्य भइरहेको र उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको प्रहरीले जनाएको छ।
उक्त जिप बिहान करिब सवा नौ बजेतिर दुर्घटनामा परेको अनुमान गरिएको छ।