ट्रेन्डिङ

Logout

मोरङ कारागारको शौचालयमा महिला कैदी मृत फेला

3.8k Shares

जिल्ला कारागार मोरङको महिला सेलभित्र रहेको शौचालयमा एक महिला कैदी मृत अवस्थामा फेला परेकी छन्। बुधबार बिहान सुनसरी बराहक्षेत्र नगरपालिका–६ की ३२ वर्षीया राधा भट्टराई (राधिका) झुण्डिएको अवस्थामा भेटिएको प्रहरी कार्यालय मोरङले जनाएको छ।

जेलर गौरव ढुंगेलका अनुसार उनलाई सुनसरी जिल्ला अदालतले कर्तव्यज्यान मुद्दामा २० वर्ष कैद सजाय सुनाएको थियो। भट्टराईले आफ्ना दुई नाबालक सन्तानसहित सप्तकोशी नदीको नहरमा हाम फालेकी थिइन्। उनी र एक सन्तान बचाइएका थिए भने अर्को सन्तानको मृत्यु भएपछि कर्तव्यज्यान मुद्दा चलेको हो।

२०८० साल माघ ५ गतेदेखि कारागारमा रहेकी उनलाई अदालतले २०८१ कात्तिक ७ गते २० वर्ष कैद सजायँ तोकेको थियो।

उनको मृत्युको घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
ताजा अपडेट
सम्बन्धित समाचार