5.3k
Shares
कैलाली कारागार प्रशासनले झडपमा परेर घाइते भएका थप ७ कैदीबन्दीलाई अन्यत्र स्थानान्तरण गरेको छ।
कारागारका जेलर प्रकाश ढुङ्गानाका अनुसार आज मात्रै ४ जनालाई डडेल्धुरा कारागार र ३ जनालाई डोटी कारागारमा पठाइएको हो। यसअघि ३ जनालाई कञ्चनपुर, १ जनालाई नवलपरासी र ३ जनालाई काठमाडौं स्थानान्तरण गरिएको थियो।
यससँगै हालसम्म १४ कैदीबन्दीलाई स्थानान्तरण गरिएको छ। ढुङ्गानाका अनुसार आवश्यकताअनुसार थप कैदीबन्दी स्थानान्तरण गर्ने प्रक्रिया जारी छ।
गत साउन २३ गते मध्यराति ब्लक–ए का कैदीहरूले ब्लक–बी का कैदीमाथि आक्रमण गर्दा एक जनाको मृत्यु भएको थियो भने ४८ जना घाइते भएका थिए।
उपचारपछि डिस्चार्ज भएका घाइते कैदीलाई कारागारमा पुनः नपठाई फिलहाल कोरोना अस्पतालमा राखिएको प्रशासनले जनाएको छ।