ट्रेन्डिङ

Logout

नेपाल पञ्चाङ्ग समितिले इन्द्रजात्राको साइत सार्वजनिक

5k Shares

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको इन्द्रजात्राको साइत सार्वजनिक गरेको छ। समितिले धर्मशास्त्र, ज्योतिष र संस्कृतिका विज्ञहरूसँगको बैठकपछि साइत तय गरेको हो।

समितिले तय गरेको साइत संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पठाइएको छ। विगतमा समितिकै पदाधिकारीले साइत प्रमाणित गरी सम्बन्धित निकायमा पठाउने गरेकामा, यस वर्ष गत असार २३ गतेदेखि समिति पदाधिकारीविहीन भएकाले प्रशासन सहायक खिलहरि घिमिरेले मन्त्रालयमा पठाएको जानकारी दिनुभयो।

इन्द्रजात्राका कार्यक्रम भाद्र शुक्ल द्वितीयादेखि सुरु भएको छ। आज बिहान ०९ः४६ बजे वन यात्रा सम्पन्न भएको छ। आज राति ०९ः०३ बजे इन्द्रध्वजोत्थानका लागि लिङ्गोको रूख काट्ने साइत रहेको छ। काटिएको लिङ्गो भदौ १५ गते भोटाहिटीबाट नगर प्रवेश गराइनेछ।

भदौ १९ गते बिहान १०ः३१ बजे इन्द्रध्वजोत्थानको साइत छ। भाद्र शुक्ल चतुर्दशीमा मुख्य दिनको रूपमा राष्ट्राध्यक्ष तथा सरकार प्रमुखले कुमारी इन्द्रयात्रा अवलोकन गर्नुहुन्छ। भद्र शुक्ल चतुर्दशीमा तल्लो टोल यात्रा र भद्र शुक्ल २२ गते माथिल्लो टोल यात्रा हुनेछ, जसका लागि साइत आवश्यक पर्दैन।

भद्र शुक्ल २६ गते नानिचा यात्रा हुने छ। सोही दिन राति १०ः३२ बजे इन्द्रध्वज पातन अर्थात् लिङ्गो ढाल्ने साइत छ। इन्द्रध्वज पातन पछि राष्ट्रपति रामचन्द्र पौडेलले कुमारीको हातबाट टीकाप्रसाद ग्रहण गर्नुहुनेछ।

यसरी भाद्र शुक्ल द्वितीयादेखि आश्विन कृष्ण चतुर्थीसम्म १७ दिनसम्म इन्द्रजात्राका विभिन्न कार्यक्रमहरू चल्ने छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया
ताजा अपडेट
सम्बन्धित समाचार