ट्रेन्डिङ

Logout

पोखरामा नगर बस दुर्घटना, २१ जना घाइते

4k Shares

कास्कीको पोखरा महानगरपालिका–१३ आर्बामा सोमबार बिहान भएको नगर बस दुर्घटनामा २१ जना घाइते भएका छन्। करिब पौने १० बजे आर्बाबाट पोखरा आउँदै गरेको ग१ख ४०२७ नम्बरको नगर बस दुर्घटनामा परेको हो।

दुर्घटनापछि घाइतेहरुलाई तत्काल उद्धार गरी उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पुर्‍याइएको थियो। घाइतेमध्ये ११ जना उपचारपछि डिस्चार्ज भएका छन् भने अन्यको उपचार जारी रहेको प्रहरीले जनाएको छ।

बस चालक ४२ वर्षीय तेजबहादुर मगरलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिए। उनले भने, “दुर्घटनामा चार जना मध्यम घाइते र अरु सामान्य घाइते हुनुहुन्छ। ओरालो बाटोमा बसको नियन्त्रण गुमाएको देखिन्छ, तर वास्तविक कारणबारे थप अनुसन्धान भइरहेको छ।”

बसमा ३० जनाभन्दा बढी यात्रु सवार थिए, जसमा बाँकी यात्रु सकुशल रहेको प्रहरीले जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
ताजा अपडेट
सम्बन्धित समाचार