5.6k
Shares
काठमाडौं । अष्ट्रेलियामा जारी टप एण्ड टी–२० शृङ्खलाअन्तर्गत आज नेपाल र पाकिस्तानबीच समूह चरणको अन्तिम भिडन्त हुँदैछ। खेल नेपाली समयअनुसार अपराह्न ३ः१५ बजे सुरु हुनेछ।
शृङ्खलामा सहभागी ११ टोलीमध्ये नेपाल हाल सातौँ स्थानमा छ। सेमिफाइनलमा प्रवेश गर्ने आशा जोगाइराख्न नेपालका लागि आजको खेल जित्नैपर्ने दबाब रहेको छ। पाकिस्तानविरुद्धको प्रतिस्पर्धालाई नेपाली टोलीले आफ्नो अभियानलाई जिवन्त राख्ने अन्तिम मौका मान्दै तयारी गरेको छ।