ट्रेन्डिङ

Logout

माओवादी केन्द्रले सरकारमाथि अधिनायकवाद र भ्रष्टाचारको आरोप

4.6k Shares

प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) ले भूमि विधेयकमार्फत आफ्ना मान्छेलाई जग्गा बाँड्न सरकारले अनेक प्रपञ्च रचिरहेको आरोप लगाएको छ।

मंगलबार बसेको पार्टी पदाधिकारी बैठकपछि उपाध्यक्ष तथा प्रवक्ता अग्नि प्रसाद सापकोटाले सञ्चारकर्मीलाई जानकारी दिँदै भने, “भूमि विधेयकमा आफ्ना मान्छेलाई जग्गा बाँड्न अनेक प्रपञ्च गरिरहेका छन्। सरकार झनै अधिनायकवाद, तानाशाहीकरणतिर अघि बढिरहेको छ। राज्यका सबै संरचनामा तिब्र हस्तक्षेप भइरहेको छ। यस सरकारको कुशासन र नालायकीका कारण जनता असाध्यै रुष्ट र आक्रोशित छन्।”

उनले थपे, “अलोकतान्त्रिक र अधिनायकवादी चरित्रका कारण व्यवस्थामा असर परिरहेको छ। व्यवस्था विरोधीलाई अवसर प्रदान भएको जस्तो भइरहेको छ। भ्रष्टाचारमा अन्य पार्टीलाई लक्षित गर्दै अख्तियार लगाउने, जेल हाल्ने र आफ्ना मान्छेलाई बचाउने कार्य भइरहेको छ। जनतालाई भ्रम पार्न सरकारले विभिन्न तरिकाबाट प्रयास गरिरहेको छ।”

पार्टी प्रवक्ताका अनुसार, माओवादी केन्द्रको भोलि दिउँसो १ बजे फेरि बैठक बस्नेछ र वर्तमान परिस्थितिबारे थप छलफल हुने छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
ताजा अपडेट
सम्बन्धित समाचार