ट्रेन्डिङ

Logout

भक्तपुर अदालतद्वारा चक्रे मिलनलाई धरौटीमा रिहा गर्ने आदेश

4.7k Shares

गुन्डा नाइकेका रूपमा परिचित चक्रे मिलन (मिलन गुरुङ)लाई जिल्ला अदालत भक्तपुरले १ लाख १० हजार रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको छ। न्यायाधीश रामप्रसाद न्यौपानेको इजलासले आज शुक्रबार बयान र थुनछेक प्रक्रिया पूरा गरी आदेश जारी गरेको हो।

जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी ढुण्डिराज न्यौपानेका अनुसार, तोकिएको धरौटी चक्रेले बुझाइसकेका छन् र रिहा प्रक्रिया अघि बढिरहेको छ। चक्रेविरुद्ध हालै ज्यान मार्ने उद्योगको कसुरमा मुद्दा दर्ता भएको थियो। यस मुद्दा एक वर्षअघिको घटना सम्बन्धित छ, जसमा चक्रेले आफ्नो भतिज मनिष रायमाझीमाथि १० भदौ २०८१ मा सानोठिमीस्थित बड्डाको तावा रेस्टुरेन्टमा आक्रमण गरेको आरोप छ।

सर्लाहीको हरिवन नगरपालिका–४ घर भएका २५ वर्षीय अजित खवाससहितका अन्य व्यक्तिहरूले आक्रमण गरेको भन्दै जाहेरी दिइएको थियो। उक्त घटना बेला रायमाझी दुवै कोखमा खुकुरी प्रहारबाट घाइते भएका थिए।

चक्रे बुधबार मात्रै अभद्र व्यवहारको मुद्दामा ३० हजार धरौटी बुझाएर रिहा भएका थिए। भक्तपुरमा अन्य मुद्दा रहेकाले उनलाई भक्तपुर प्रहरीको जिम्मा लगाइएको थियो।

साउन १५ मा उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौंको संयुक्त अपरेशनमा चक्रेसहित ४७ जना पक्राउ परेका थिए। त्यहाँ चक्रेको जन्मदिन पार्टी मनाउने नाममा होहल्ला मच्चाएको आरोपमा पक्राउ गरिएको थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया
ताजा अपडेट
सम्बन्धित समाचार