5.3k
Shares
काठमाडौं महानगरपालिकाले मनोहरा खोला किनारमा रहेको सुकुम्बासी बस्ती डोजर प्रयोग गरेर भत्काइदिएको छ। नगरप्रहरीको उपस्थितिमा भएकाे यो कार्य वर्षायाममै भएकोले सुकुम्बासीहरू बिचल्लीमा परेका छन्।
स्थानीयले वर्षामा ओत लाग्ने वैकल्पिक व्यवस्था गर्न आग्रह गरे पनि नगर प्रहरीले अस्वीकार गरेको कारण वादविवाद समेत भएको थियो। टहरा भत्काउने कार्यमा काठमाडौं महानगरपालिकाका नगरप्रहरी प्रमुख राजु पाण्डे नेतृत्वको टोली संलग्न थियो।
