4.6k
Shares
प्रधानमन्त्री केपी शर्मा ओलीले रासायनिक मलको सहज आपूर्ति र खेतीको अवस्थाबारे मंगलबार कृषि तथा पशुपंक्षी विकासमन्त्री, सचिव र सम्बन्धित निकायका अधिकारीसँग सिंहदरबारमा छलफल गरेका छन्।
दिउँसो आयोजित बैठकमा कृषिमन्त्री रामनाथ अधिकारी, सचिव डा. गोविन्दप्रसाद शर्मा र कृषि सामग्री कम्पनी लिमिटेडका पदाधिकारी सहभागी थिए। किसानहरूलाई मौज्दात मल र थप आपूर्ति भइरहे पनि समयमा उपलब्ध नभएको गुनासो आएपछि प्रधानमन्त्री ओलीले यस विषयलाई उच्च प्राथमिकतामा राख्दै समस्या समाधानका उपाय खोजेका हुन्।
छलफलमा प्रधानमन्त्री ओलीले खेतीपातीको समयअघि नै मलको आपूर्ति सुनिश्चित गर्न निर्देशन दिए। साथै, नेपालमै रासायनिक मल उत्पादन गर्ने कारखाना स्थापना गर्न र प्राङ्गारिक मलको उत्पादन तथा प्रयोग बढाउने योजना तयार गर्न पनि उनले आदेश दिएका छन्।