4.1k
Shares
सर्लाहीको बलरा नगरपालिका–११, छतौनामा शुक्रबार मोटरसाइकलको ठक्करबाट ५५ वर्षीया चन्दादेवी बैठकाको मृत्यु भएको छ।
भारतीय नम्बर बीआर ३० के ४६९४ को मोटरसाइकलले ठक्कर दिंदा कार्यपालिका सदस्य बैठा गम्भीर घाइते भइ प्राथमिक स्वास्थ्य केन्द्र अचलगढमा उपचार पछि प्रादेशिक अस्पताल मलङ्गवामा ल्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए।
दुर्घटनामा मोटरसाइकल चालक बलरा–११ का ३५ वर्षीय जितेन्द्र ठाकुर पनि गम्भीर घाइते भएका छन्। उनी सामान्य उपचारपछि वीरगन्ज रेफर गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी प्रहरी निरीक्षक बालिष्टर सिंहले जानकारी दिनुभएको छ।