ट्रेन्डिङ

Logout

प्रसाईंलाई धरौटीमा छाड्ने आदेशविरुद्ध सर्वोच्च जाने तयारीमा महान्यायाधिवक्ता कार्यालय

4.9k Shares

मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई दुई फरक मुद्दामा धरौटीमा छाड्ने उच्च अदालत पाटनको आदेशविरुद्ध महान्यायाधिवक्ता कार्यालय सर्वोच्च अदालत जाने तयारीमा जुटेको छ।

महान्यायाधिवक्ता कार्यालयले आदेशको अध्ययन गरी रायसहित प्रतिवेदन तयार गर्न उच्च सरकारी वकिलको कार्यालय, पाटनलाई निर्देशन दिएको छ।

महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता उद्धव पुडासैनीका अनुसार, उक्त आदेश प्रचलित कानून र न्यायको मान्य सिद्धान्त विपरीत भएको निष्कर्षसहित सर्वोच्च अदालतमा बदरको माग गर्दै निवेदन दिने तयारी गरिएको हो।
उनले भने, “दुवै आदेश न्यायको मान्य सिद्धान्त र कानूनी व्यवस्था विपरीत रहेको हाम्रो निष्कर्ष हो। यस्ता आदेशले विधिको शासन प्रवर्द्धन गर्दैनन्।”

यस सम्बन्धमा आदेशका कागजात र अन्य फाइलहरूको विस्तृत अध्ययन गरी अन्तिम राय तयार गर्ने प्रक्रिया अघि बढाइएको प्रवक्ता पुडासैनीले जानकारी दिए।

गौरतलब छ, उच्च अदालत पाटनले आइतबार दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो, जसलाई लिएर विवाद उत्पन्न भएको हो।

फेसबुकबाट तपाईको प्रतिक्रिया
ताजा अपडेट
सम्बन्धित समाचार