5.7k
Shares
कञ्चनपुर — कञ्चनपुरस्थित महाकाली नदीमा पानीको बहाव अत्यधिक बढेपछि शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारीसाधनको आवागमनमा पूर्ण रोक लगाइएको छ।
लगातारको भारी वर्षासँगै नदीको सतह खतराको सीमाना पार गरेपछि उक्त निर्णय गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) सागर बोहराले जानकारी दिए।
उनका अनुसार, “महाकाली नदीमा पानीको बहाव एक लाख क्युसेक नाघेपछि चारपाङ्ग्रे सवारीसाधनको हिडडुलमा रोक लगाउने व्यवस्था छ। आज बिहान ८ बजे बहाव एक लाख नौ हजार नौ सय ८० क्युसेक पुगेपछि शारदा ब्यारेज हुँदै हुने चारपाङ्ग्रे सवारी आवागमन तत्काल रोकिएको हो।”
महाकाली नदीमा पानीको सतह अझै बढ्ने सम्भावना रहेकाले प्रहरीले सर्तक रहन सर्वसाधारणलाई अनुरोध गरेको छ। नदी आसपासका क्षेत्रमा बाढीको जोखिम पनि बढेको छ।