ट्रेन्डिङ

Logout

भेरी नदीमा फसेका चार जनाको सशस्त्र प्रहरीद्वारा सकुशल उद्धार

5k Shares

डोल्पा जिल्लाको ठुलोभेरी नगरपालिका–३, धुपीचौरस्थित भेरी नदीको बीच भागमा फसेका चार जनालाई सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ।

उद्धार गरिएका व्यक्ति त्रिपुरा सुन्दरी नगरपालिका–६, पालुङ निवासी ललित बोहरा (३३), नन्द प्रसाद बोहरा (२६), लाल कुमार बुढा (३५), र श्यामलाल बोहरा (३७) रहेका छन्।

साउन १३ गते बिहान दाउरा लिन गएका बेला नदीमा एक्कासि पानीको बहाव बढेपछि उनीहरू नदीको बीच भागमा फसेका थिए। घटनाको जानकारी पाउनेबित्तिकै सशस्त्र प्रहरी बल नेपाल नम्बर ४६ गुल्म, डोल्पाबाट सशस्त्र प्रहरी नायव उपरीक्षक दिपकराज भट्टको नेतृत्वमा विपद् व्यवस्थापन तालिम प्राप्त टोली खटिएको थियो।

टोलीले सक्रियतापूर्वक उद्धार गरी चारै जनालाई सकुशल बाहिर निकालेको हो। उद्धारपछि उनीहरूलाई जिल्ला अस्पताल डोल्पामा स्वास्थ्य परीक्षणका लागि पठाइएको छ। हाल उनीहरूको अवस्था सामान्य रहेको जनाइएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
ताजा अपडेट
सम्बन्धित समाचार