5.2k
Shares
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले हालै केही नेताहरूलाई पदमुक्त गरेपछि उत्पन्न विवादका सन्दर्भमा निर्वाचन आयोगले पार्टीसँग स्पष्ट जानकारी मागेको छ।
लिङ्देनले अनुशासन समितिका संयोजकमा रोशन कार्कीलाई नियुक्त गर्दै पुरानोलाई हटाएका थिए। त्यसैगरी, उपाध्यक्ष मुकुन्दश्याम गिरीलाई पनि पदबाट हटाइएको थियो, जसले सुवेदीलाई पदमा यथावत् राख्नुपर्ने मागसहित प्रेस विज्ञप्ति जारी गरेका थिए। प्रवक्ताको जिम्मेवारीमा रहेकी सगुन लावतीलाई समेत पदमुक्त गरिएको छ।
२९ असारमा असन्तुष्ट पक्षले निर्वाचन आयोगमा निवेदन दिंदै अध्यक्ष लिङ्देनका निर्णय बदर गर्न माग गरेका थिए। उक्त निवेदनको आधारमा आयोगले पार्टीसँग स्पष्टिकरण माग्दै पत्र पठाएको जानकारी कोषाध्यक्ष निलकण्ठ काफ्लेले दिएका छन्।