5.8k
Shares
प्रधानमन्त्री केपी शर्मा ओलीले आज दिउँसो १ बजे प्रतिनिधिसभाको बैठकमा विशेष सम्बोधन गर्नुहुनेछ। नेकपा (एमाले) का मुख्य सचेतक महेशकुमार बर्तौलाले राससलाई दिएको जानकारीअनुसार, प्रधानमन्त्री ओलीको सम्बोधन हालका समसामयिक विषयहरूमा केन्द्रित रहनेछ।
उहाँले सरकारको एक वर्षको उपलब्धि, आगामी प्राथमिकता, र संसदमा प्रमुख प्रतिपक्षीसहित अन्य विपक्षी दलहरूले उठाएका मुद्दाहरूमा विचार व्यक्त गर्नुहुनेछ।
साथै, संसदको नियमित कार्यसूचीअनुसार सांसदहरूले सोधेका प्रश्नहरूको जवाफ पनि प्रधानमन्त्री ओलीले आजै दिने कार्यक्रम रहेको संसद सचिवालयले जनाएको छ।