8.7k
Shares
सप्तरी जिल्लाको राजगढ गाउँपालिका–३ स्थित नर्घोबाट प्रहरीले ठूलो परिमाणको प्रतिबन्धित लागुऔषध गाँजा बरामद गरेको छ।
सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले आइतबार ४५ वर्षीय रामकेबल मण्डलको घरमा तलासी गर्दा १२ बोरामा राखिएको ३८८ किलो गाँजा फेला पारेको हो। जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक जितेन्द्र कुमार बस्नेतका अनुसार गाँजा निर्माणाधीन शौचालय, गाईगोठ र बाँसझ्याङमा लुकाइएको अवस्थामा फेला परेको थियो।
प्रहरीले घटनास्थलबाट मण्डलकी ४१ वर्षीया श्रीमती रेखा कुमारी मण्डललाई नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाएको जनाएको छ। विशेष सूचनाका आधारमा प्रहरीले उक्त कारबाही सञ्चालन गरेको हो।