ट्रेन्डिङ

Logout

“मन्त्रिपरिषद् पुनर्गठनको तयारी छ” : मन्त्री बलराम अधिकारी

4.7k Shares

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले मन्त्रिपरिषद् पुनर्गठनको तयारी भइरहेको बताएका छन्। बिहीबार मन्त्रालयको एक वर्षे उपलब्धि सार्वजनिक कार्यक्रममा पत्रकारहरूसँग कुराकानी गर्दै उनले मन्त्रिपरिषद् पुनर्गठन सहमतिको आधारमा हुने स्पष्ट पारे।

एक सञ्चारकर्मीले घुससम्बन्धी अडियो प्रकरणबारे प्रश्न गर्दा मन्त्री अधिकारीले आफू सधैंका लागि पदमा नबस्ने भन्दै एक वर्षपछि मन्त्रिपरिषद् पुनर्गठनको सहमति रहेको बताए। “मन्त्री पद सधैंको निम्ति होइन्,” उनले भने, “पुनर्गठन हुँदा को रहन्छ, को रहँदैन भन्ने छुट्टै कुरा हो।”

उनले पदमा रहुन्जेल जिम्मेवारीप्रति इमानदार भएर काम गर्ने बताएका छन्। “जहिलेसम्म जिम्मेवारीमा हुन्छु, त्यहाँसम्म जिम्मेवार भएर काम गर्छु,” उनले भने।

अडियो प्रकरणबारे प्रतिक्रिया दिँदै उनले आफू कुनै पनि संलग्नतामा नरहेको दाबी गरे र दोषी ठहरिए कारबाही भोग्न तयार रहेको बताए।

फेसबुकबाट तपाईको प्रतिक्रिया
ताजा अपडेट
सम्बन्धित समाचार