ट्रेन्डिङ

Logout

सर्पले डस्दा १४ महिने बालिकाको मृत्यु, उपचारमा ढिलाइले ज्यान गयो

6.7k Shares

रुपन्देही जिल्लाको महाराजगञ्ज नगरपालिका–२ मा सर्पले डस्दा १४ महिने बालिकाको ज्यान गएको छ।

झगरु पासवानकी छोरी सङ्गीता पासवानलाई घरमै सुतिरहेको अवस्थामा सर्पले डसेको थियो। डसेको केही समयपछि बालिका अचेत भएपछि उनलाई तत्काल बहादुरगञ्ज अस्पताल लगिएको थियो।

तर त्यहाँ उपचार सम्भव नभएपछि गोरुसिङ्गेस्थित सर्पदंश उपचार केन्द्रतर्फ लैजाँदै गर्दा बाटोमै बालिकाको मृत्यु भएको उपचार केन्द्रका व्यवस्थापक नवीन भण्डारीले जानकारी दिनुभयो।

भण्डारीका अनुसार समयमै उपचारमा ढिलाइ भएकाले बालिकाको ज्यान जोगाउन सकिएन। घटनाले सर्पदंशको जोखिममा तिव्र र समयमै उपचारको आवश्यकता कत्तिको महत्वपूर्ण छ भन्ने कुरा झल्काएको छ।

 
फेसबुकबाट तपाईको प्रतिक्रिया
ताजा अपडेट
सम्बन्धित समाचार