ट्रेन्डिङ

Logout

स्पेन कार्यक्रममा भिसा प्रकरणमा गृहमन्त्रीद्वारा आकस्मिक बैठक, छानबिनको आदेश

4.1k Shares

गृहमन्त्री रमेश लेखकले स्पेनमा आयोजित राष्ट्रसंघीय कार्यक्रममा सहभागी गराउने नाममा भिसा लगाइएका व्यक्तिहरु सम्बन्धी प्रकरणमा छानबिन गर्न सोमबार आकस्मिक बैठक डाकेका छन्।

सिंहदरबारमा बस्ने उक्त बैठकमा गृहसचिव गोकर्णमणि दवाडी, नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दीपक थापा, सीआईबी प्रमुख चन्द्रकुबेर खापुङ, मानव बेचबिखन अनुसन्धान ब्युरोका प्रमुख कृष्ण पंगेनी र अध्यागमन विभागका महानिर्देशक गोविन्द रिजाल सहभागी हुनेछन्।

गृह मन्त्रालय स्रोतका अनुसार सोमबार दिउँसो साढे १ बजे बस्ने बैठकमा कुन गैरसरकारी संस्था (एनजीओ) वा अन्तर्राष्ट्रिय संस्था (आईएनजीओ) ले ती व्यक्तिहरूलाई स्पेन लैजान अनधिकृत रूपमा पैसा उठाएको हो भन्ने विषयमा छानबिन गर्न निर्देशन दिइनेछ।

यसअघि गृहमन्त्री लेखकले गृहसचिव दवाडी र आईजीपी थापालाई बोलाएर घटनाबारे प्रारम्भिक जानकारी लिँदै विस्तृत छानबिन गर्न निर्देशन दिएका थिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया
ताजा अपडेट
सम्बन्धित समाचार