ट्रेन्डिङ

Logout

आज संसदबाट निजामती विधेयक पारित गरिँदै

6.8k Shares

सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ। प्रतिनिधिसभाको बैठक अपराह्न १:०० बजे सङ्घीय संसद् भवन, नयाँ बानेश्वरमा हुनेछ।

आजको बैठकमा सङ्घीय निजामती सेवा विधेयक, २०८० पारित गर्ने कार्यसूची तय भएको छ। मुलुक सङ्घीय संरचनामा गए पनि प्रशासनिक सङ्घीयता कार्यान्वयनमा जटिलता रहेको गुनासो छ। यसअघि असार ३ गतेको प्रतिनिधिसभा बैठकमा यो विधेयक पारित गर्ने कार्यसूची भए पनि अन्तिम समयमा रोकिएको थियो।

आज सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले ‘राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहित सङ्घीय निजामती सेवा विधेयक, २०८० माथि छलफल गरियोस्’ भनी प्रस्ताव पेस गर्नुहुनेछ। सांसदहरूले विधेयकमाथि धारणा राखेपछि यो पारित हुनेछ। प्रतिनिधिसभाले पारित गरेको विधेयक राष्ट्रियसभामा पठाइनेछ। राष्ट्रियसभाले पारित गरेर फिर्ता पठाएपछि सभामुखले प्रमाणित गर्नुहुनेछ। त्यसपछि राष्ट्रपतिसमक्ष पेस भई प्रमाणीकरण भएपछि विधेयक कार्यान्वयनमा आउनेछ।

यसैगरी, राष्ट्रियसभाको बैठक पनि आज अपराह्न १२:१५ बजे बस्दैछ। बैठकमा विनियोजन विधेयक, २०८२ का १४ वटा मन्त्रालयका विनियोजन शीर्षकहरूमाथि समूहीकृत रूपमा छलफल हुने सम्भावित कार्यसूची रहेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
ताजा अपडेट
सम्बन्धित समाचार