ट्रेन्डिङ

Logout

माधवकुमार नेपालविरुद्ध पतञ्जलि जग्गा प्रकरणमा विशेष अदालतमा सुनुवाइ

5.8k Shares

पूर्वप्रधानमन्त्री तथा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पतञ्जलि जग्गा प्रकरणमा आफूविरुद्धको मुद्दाको सुनुवाइका लागि विशेष अदालतमा उपस्थित भएका छन्।

नेपालले यसअघि अदालतमा उपस्थित हुन अनुमति माग्दै निवेदन दर्ता गराएका थिए। उनका कानुन व्यवसायीले भने, "उहाँको निवेदन हामीले विशेष अदालतमा दर्ता गरिसकेका छौं। सोही निवेदनका आधारमा इजलासमा मुद्दाको पेसी तोकिन्छ, र उहाँले बयान दिनुहुनेछ।"

बुधबारदेखि सुरु हुने बयानलाई छिटो र प्रभावकारी रूपमा सम्पन्न गर्ने नेपालका कानुन व्यवसायीहरूको योजना छ। बयान सकिएलगत्तै थुनछेक बहस हुनेछ, जहाँ नेपालका वकिलहरूले उनलाई साधारण तारेखमा रिहा गरी मुद्दाको प्रक्रिया अगाडि बढाउनुपर्ने तर्क गर्नेछन्।

यता, सरकारी वकिलले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दाको पक्षमा बहस गर्दै नेपाललाई थुनामा राख्नुपर्ने जिकिर गर्नेछन्। पतञ्जलि जग्गा सट्टापट्टा प्रकरणमा अनियमितताको आरोपमा नेपालविरुद्ध गत २२ जेठमा विशेष अदालतमा मुद्दा दर्ता भएको थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया
ताजा अपडेट
सम्बन्धित समाचार