ट्रेन्डिङ

Logout

इजरायलबाट नेपाल फर्कन ८८५ जनाले नाम दर्ता

6.4k Shares

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले इजरायलबाट नेपाल फर्कन चाहने ८८५ नेपालीले अनलाइन पोर्टलमार्फत नाम दर्ता गरेको जानकारी दिनुभएको छ। प्रतिनिधि सभाको सोमवारको बैठकमा बोल्दै उहाँले इजरायल–इरान द्वन्द्वका कारण प्रभावित क्षेत्रमा रहेका नेपालीको सुरक्षालाई सरकारले उच्च प्राथमिकता दिएको बताउनुभयो।

सरकारले जुन १५ मा प्रेस एड्भाइजरी जारी गरी इजरायल र इरानमा रहेका नेपालीलाई सुरक्षा सतर्कता अपनाउन आग्रह गरेको थियो। जुन १७ देखि अनलाइन पोर्टलमार्फत विवरण संकलन सुरु गरिएको र हालसम्म ८८५ जनाले दर्ता गरेको मन्त्री राणाले बताउनुभयो।

उहाँले नेपाली राजदूतहरूसँग निरन्तर सम्पर्कमा रहेर सुरक्षा अवस्थाको जानकारी लिइरहेको र भारतमा बन्दी बनाइएका ५७ नेपालीको उद्धार गरिएको उल्लेख गर्नुभयो। साथै, अवैधानिक रूपमा विदेशमा कार्यरत नेपालीलाई वैधानिक बनाउन कार्यदल गठन गरिएको र इजरायल–गाजा युद्धमा बेपत्ता नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि प्रयास भइरहेको जानकारी दिनुभयो।

परराष्ट्र मन्त्रालयले द्वन्द्वग्रस्त क्षेत्रमा रहेका नेपालीको सुरक्षालाई गम्भीरतापूर्वक लिएर निरन्तर काम गरिरहेको मन्त्री राणाको भनाइ छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
ताजा अपडेट
सम्बन्धित समाचार