Live ताजा अपडेट

Logout

अहमदावाद विमान दुर्घटनाः दोस्रो ‘ब्ल्याक बक्स’ पनि भेटियो

अहमदावाद विमान दुर्घटनाः दोस्रो ‘ब्ल्याक बक्स’ पनि भेटियो

भारतको अहमदाबाद शहरको आवासीय क्षेत्रमा बिहीबार दुर्घटनाग्रस्त विमानको दोस्रो ‘ब्ल्याक बक्स’ पनि आइतबार भेटिएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीका वरिष्ठ सहयोगी पिके मिश्रले जहाज दुर्घटनापूर्वको जहाजभित्रको जानकारी राख्ने दुबै ‘ब्ल्याक बक्स’ भेटिएको पुष्टि गर्नुभएको छ ।

यसअघि गत शुक्रबार पहिलो ‘ब्ल्याक बक्स रेकर्डर’ भेटिएको थियो । अहमदावादबाट बेलायतको लण्डनतर्फ जाँदै गरेको एयर इन्डियाको बोइङ ७८७–८ ड्रिमलाइनर विमान बिहीबार मध्याह्न करिब १०० मिटर (३३० फिट) को उचाइमा रहँदा दुर्घटनाग्रस्त भएको थियो ।

विमानमा चालक दलकासदस्यसहित २४२ जना यात्रु सवार थिए । एक व्यक्ति चमत्कारिक रुपमा दुर्घटनाग्रस्त विमानमा बाँच्न सफल भएका थिए ।

प्रहरी उपप्रमुख कानन देसाईले अहिलेसम्म २७९ जनाको शव गणना गरिएको र ४७ जनाको शव पहिचान गरिएको छ । विमान दुर्घटना भएको घटनास्थलमा कम्तीमा  ३७ जना गैर यात्रीको मृत्यु भएको जानकारी दिनुभयो । मृतकहरूको औपचारिक सङ्ख्या मृत शरीरको डिएनए परीक्षणपछि मात्र घोषणा गर्न सकिने प्रशासनले जनाएको छ ।

ताजा अपडेट

जनमत (Public Poll)

Live
वर्तमान सरकारले जनताको अपेक्षाअनुसार काम गरिरहेको छ?
पूर्ण रूपमा गरिरहेको छ 0% (0)
केही हदसम्म गरिरहेको छ 0% (0)
अपेक्षाभन्दा कमजोर छ 100% (1)
बिल्कुलै गरिरहेको छैन 0% (0)
अहिले नै मूल्यांकन गर्न सकिँदैन 0% (0)
जम्मा मत: 1
ट्रेन्डिङ