5.5k
Shares
सुनसरीको हरिनगर गाउँपालिका–६, कटान बगर क्षेत्रमा सशस्त्र प्रहरी बलको सक्रियतामा ठूलो परिमाणमा अवैध गाँजा बरामद गरिएको छ।
मङ्गलबार राति सशस्त्र प्रहरी बलको बोर्डर आउट पोष्ट र नेपाल प्रहरीको संयुक्त टोलीले विशेष सूचनाको आधारमा अपरेसन सञ्चालन गरी एक टनभन्दा बढी गाँजा फेला पारेको छ। सशस्त्र प्रहरी बल नम्बर ४ गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक निर्मलकुमार थापाका अनुसार, ३८ पोका गाँजा बरामद गरिएको हो।
बिओपी घुस्की, बिओपी बसन्तपुर, इलाका प्रहरी कार्यालय देवानगञ्ज, प्रहरी चौकी घुस्की र बसन्तपुरबाट खटिएको ४० जना सुरक्षाकर्मीको टोलीले बगर क्षेत्रमा बालुवामुनि लुकाइएको अवस्थामा प्लास्टिकको बोराभित्र गाडिएको एक हजार १२० किलो गाँजा फेला पारेको उपरीक्षक थापाले बताउनुभयो। बरामद गाँजालाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय इनरुवा पठाइएको छ।