ट्रेन्डिङ

Logout

काठमाडौंमा राजसंस्था पुनर्स्थापनाको मागमा आन्दोलन, सवारी आवागमन प्रभावित

6.9k Shares

राजसंस्था पुनर्स्थापनाको माग गर्दै राजावादीहरूले सुरु गरेको आन्दोलनका कारण काठमाडौंको माइतीघर मण्डला, बबरमहल, नयाँ बानेश्वर लगायत नदी करिडोर क्षेत्रको सवारी आवागमन प्रभावित भएको छ।

हिजोबाट सुरु भएको उक्त आन्दोलन राजसंस्था पुनर्स्थापना नहुन्जेलसम्म निरन्तर जारी रहने आयोजकहरूले बताएका छन्।

राप्रपा, राप्रपा नेपाल लगायतका दलहरूको सक्रिय सहभागिता रहेको यो आन्दोलन आज पनि जारी रहँदा राजधानीका विभिन्न स्थानहरूमा सवारी आवागमन अस्तव्यस्त बनेको छ। सवारी चल्न नसक्दा सर्वसाधारण चर्को घाममा लामो समय सडकमै रोकिएर बस्न बाध्य भएका छन्।

यसअघि बिहीबार रत्नपार्क क्षेत्रमा पनि यस्तै प्रदर्शन गरिएको थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया
ताजा अपडेट
सम्बन्धित समाचार